High lights : प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न |



प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न


२०७३/०८/१६-१७


 मिति २०७३ मंशीर १६ देखि १७ गते सम्म क्षेत्रीय कृषि निर्देशनालय, पोखराद्वारा आयोजित पश्चिमाञ्चल विकास क्षेत्र भित्र रहेका कृषि विकास मन्त्रालय अन्तर्गतका सबै निकायहरु, परियोजनाहरु, संस्थान, बोर्ड सम्बद्ध सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरु को आ.व. २०७३।७४ को प्रथम चौमासिक अवधिमा सम्पादन भएका कृषि विकास कार्यक्रमहरुको प्रगति समिक्षा गोष्ठी पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, पोखरामा सम्पन्न भयो ।

२. गोष्ठीको उद्धेश्य 

·         पश्चिमाञ्चलमा विकास क्षेत्रमा आ.व. २०७३/७४ को प्रथम चौमासिक अवधिमा सम्पादन भएका कृषि विकास कार्यक्रमहरुको उपलव्धिमुलक समिक्षा गर्दै कृषि विकास र प्रसारका वर्तमान अवस्था, चुनौती, अवसर एवं सम्भावना र भावी योजना बारे छलफल गर्ने,

·         कृषि विकास कार्यक्रम संचालनको वर्तमान अवस्था, सवाल, कार्यक्रम कार्यान्वयनका क्रममा आइपरेका समस्याहरु र सुधारका पक्षहरुवारे छलफल गरी समाधानका उपायहरुको खोजी गर्ने ।

३. गोष्ठीको उद्घाटन समारोह

क्षेत्रीय कृषि निर्देशनालय,  पोखराको सभाहलमा मिति २०७३।८।१६ गते विहान ११ बजेदेखि प्रगति समिक्षा गोष्ठीको औपचारिक उद्घाटन समारोह सञ्चालन भएको थियो । उक्त समारोहको अध्यक्षता क्षेत्रीय कृषि निर्देशनालयको निर्देशक श्री शरदचन्द्र श्रेष्ठज्यू ले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा कृषि विकास मन्त्रालयका राज्य मन्त्री माननीय राधिका तामाङ्गज्यू रहनु भएको थियो।समारोहमा पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक श्री खगराज बराल विशेष अतिथीको रुपमा उपस्थित रहनु भएको थियो ।यसै गरी गोष्ठीमा कृषि विकास मन्त्रालयका सहसचिवज्यूहरु श्री योगेन्द्र कुमार कार्की, श्री लेखनाथ आचार्य, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख श्री धर्मदत्त बराल ज्यू, कृषि विभागका उपमहानिर्देशक डा. हरिबाबु तिवारी तथा विभागीय सूपेरिवेक्षक डा. रमिता मानन्धर ज्यू, अतिथीको रुपमा उपस्थित रहनु भएको थियो । साथै गोष्ठीमा यस क्षेत्र अन्तर्गतका क्षेत्रीय कार्यालयका प्रमुख लगायत सबै निकायहरुका कार्यालय प्रमुखहरु, कृषि विकास मन्त्रालय, कृषि विभाग कार्यक्रम निर्देशनालय, राष्ट्रिय कार्यक्रमहरुका बरिष्ठ अधिकृत तथा अधिकृत तथा प्रतिनिधिहरु, कृषि सामाग्री कम्पनी लिमिटेड प्रमुख,  जिल्लास्थित कार्यालयका प्रमुख, फार्म केन्द्रका प्रमुख, नीजि क्षेत्रका प्रतिनिधी, कृषक, व्यवसायी तथा सञ्चारकर्मीहरु सहभागी रहनु भएको थियो ।

उद्घाटन सत्रमा क्षेत्रीय कृषि निर्देशनालय, पोखरा,  क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्ले, क्षेत्रीय कृषि तालिम केन्द्र,  पोखरा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय, भैरहवा को प्रस्तुती भएको थियो भने उक्त प्रस्तुतीहरुमाथि जिज्ञासा एवं छलफलहरु भएका थिए । प्रस्तुतीहरु पछि शुभकामना मंतव्य एवं निर्देशन सहित सत्र समापन भएको थियो ।












REPORT_1st TRIMESTER REVIEW WORKSHOP 2072-73_RAD Pokhara1.docx
Download